देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंसिर ४ को निर्वाचनका लागि ७६ दल दर्ता

0

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् ।

निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने अन्तिम दिन मंगलबार ५ बजेसम्म निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले निर्वाचनको तयारी गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार