देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मकवानपुरमा सवारी दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

0

(मकवानपुर) – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शुक्रबार रौटहटको चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो दुर्घटना भएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो । दुर्घटनामा परी सिन्धुली दुधौलीका ५२ वर्षीय नेत्रमान रुचाल उनकी श्रीमती भक्त रुचालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकाका ४ का केदार तिमिल्सिना, २१ वर्षीय मनिष विक र उनकी २० वर्षीया श्रीमती सिर्जना विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सर्लाही बागमती नगरपालिका ११ का रञ्जित रिजाल, चालक हेटौंडाका अनिल विक, रौतहट माधवनारायण नगरपालिकाका जयशा शाह र रौतहट गौरका नन्दकिशोर साहको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार