देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा

0

(काठमाडौं) – सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै क्लबबीच मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्ऽ शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको जितमा विशाल राई र रञ्जित धिमालले एक/एक गोल गरे ।

एपीएफका रमेश दंगालले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको ४८ औं मिनेटमा मच्छिन्द्रका विशालले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए ।

खेलको ८० औं मिनेटमा मच्छिन्द्रले पेनाल्टी पाए । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्रीले मच्छिन्द्रलाई पेनाल्टी दिएका थिए । तर, रञ्जितले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पहिलो प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्जितले गरेको नै निर्णायक बन्यो । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच चुनिए ।

जितसँगै मच्छिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ । एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार