देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मच्छिन्द्र क्लबको अपराजित यात्रामा पूर्ण बिराम

0
<p>तस्बिर सौजन्य : एन्फा</p>

तस्बिर सौजन्य : एन्फा

(ललितपुर) – कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबको अपराजित यात्रामा पूर्ण बिराम लागेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा मच्छिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोलले पराजित भएको हो ।

हारपछि मच्छिन्द्र १३ अंकमा तालिका दोस्रो स्थानमा झरेको छ भने जितले हिमालयन शेर्पालाई १३ औं बाट एकै पटक नवौं स्थानमा पुऱ्याएकोछ । लिगमा मच्छिन्द्रको पहिलो हार तथा हिमालयनको पहिलो जित हो । हिमालयन शेर्पाले खेलको पहिलो मिनेटमा नै गोलको अग्रता लिएको थियो ।

मच्छिन्द्रका पिटर सेगुनले बल आफ्ना गोलकिपरलाई पास दिन खोज्दा आत्मघाती गोल भएको हो । मच्छिन्द्रका लागि अर्को गोल खेलको २० औँ मिनेटमा विजय श्रेष्ठले गरे । श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए ।

वर्षाले दशरथ रंगशाला हिलाम्य भएपछि खेल एन्फा कम्प्लेक्समा सारेको हो । हिमालयन शेर्पाले सात खेलमा एउटामा जित, दुईमा हार तथा चारमा बराबरी खेल्दै सात अंक बटुलेको छ । हिमालयन लिगको १० औँ स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार