देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मच्छेगाउँकी कोरोना संक्रमित महिला महेन्द्रनगरबाट आएकी थिईन

0

(भवनाथ आचार्य/काठमाडौं) – मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी चन्द्रागिरी नगरपालिका-९ की ३३ वर्षीया महिला केही दिनअघि मात्रै कञ्चनपुरबाट काठमाडौं आएको खुलेको छ । यही बैशाख २९ गते उनी महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । उनको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

काठमाडौं आएलगत्तै उनको जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गरिएकोमा कोरोना पोजेटिभ पाइएको थियो । उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको छ । संक्रमित ३३ वर्षीया ती महिलाको ट्राभल हिस्ट्री बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार मात्रै एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । ती मध्ये काठमाडौंका एक र भक्तपुरका दुई सहित उपत्यकाका तीन जनामा कोरोना पुष्टि भएको हो ।

भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना हेल्थ केयर स्टाफ र अर्का एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । संक्रमित मध्ये ३४ जना उपचारपछि निको भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार