देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि लिनु’ – आयोग

0

काठमाडौं – निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ ।

मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र आफ्नो विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

May be an image of text that says "*स्वतन्न निजकष निर्वाचन: राष्ट्की गौरव" Free and Fair Election: Pride of Nation निर्ाचन आयंम मतदाता परिचय पत्र सम्बन्धी निर्वाचन आयोगको सूचना आयोगले जारी गरेको मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले मिति २०७६/११/२० गतेसम्म सम्वन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ"

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार