देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मदनकृष्ण र हरिवंशले मागे माफी

0

काठमाडौं – अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले अदालतमा विचाराधीन विषयमा बोल्नु आफूहरूको गल्ती भएको भन्दै माफी मागेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा आफूहरूले बोल्नु नै कमजोरी भएको भन्दै उनीहरूले माफी मागेका हुन् ।

अस्ट्रेलिया भ्रमणका विषयमा कुपन्डोलस्थित ब्रिक्स क्याफेमा बसेर आफूहरूले कुराकानी गरिरहेका बेला सम्पादकहरूबीच सिरोहियाबारे छलफल भइरहेको र अचानक बोल्दा कमजोरी भएको मदनकृष्णले उल्लेख गरेका छन् । तयारी नगरी बोल्नु नै कमजोरी भएको उनको भनाइ छ ।

अदालतमा विचाराधीन विषयमा आफूहरूले टिप्पणी नगरेको भए हुने भन्दै हरिवंशले माफी मागेका छन् । “अदालतमा विचाराधीन विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट त्रुटि भयो । यत्रो वर्ष हामीलाई आफ्नै सम्झिएर माया गरिदिनुभयो, योपटक पनि यो सबै कुरा बिर्सिएर हामीलाई सम्झिएर माफी गरिदिनुहोला,” हरिवंशले भनेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेसका तर्फबाट कान्तिपुर मिडियाले ठूलो योगदान पुर्‍याएको भन्दै उनीहरूले अध्यक्ष सिरोहियालाई अदालतले न्याय दिने सञ्चारमाध्यमसँग बताएका थिए ।

महजोेडी अहिले ‘मह जात्रा’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया टुरमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार