देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मधेशमा एमालेबाट चार मन्त्रीले लिए शपथ

0

काठमाडौं – मधेश प्रदेश सरकारमा एमालेबाट थपिएका तीनजना मन्त्री र एकजना राज्यमन्त्रीले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्रिपरिषद विस्तार गर्दै नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालय बाँडफांट गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

गत सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी)लाई मन्त्री बनाउँदै मुख्यमन्त्री यादवले कांग्रेससँग रहेको सत्ता समीकरण फेरेका थिए । एमालेका प्रदेश सांसद राजकुमार लेखीलाई गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी दिइएको छ ।

जयसवाल पर्साबाट स्वतन्त्र जितेका प्रदेश सांसद हुन् । उनी शनिबार नै एमाले प्रवेश गरेर मन्त्री पद लिएका हुन् । मन्त्री जयसवालले अरुतिर सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेको बताए ।

एमालेका सांसद केशव रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार