देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मधेस प्रदेशसभा सदस्य यादवद्वारा शपथ ग्रहण

0

काठमाडौं – मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले पद तथा गाेपनीयताकाे शपथ लिएकी छिन् ।

बुधवार मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराएका हुन् ।

विन्दुकुमारी यादवको गएकाे भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।

सञ्जिलाकुमारी यादव जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य एवम् समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिकी अध्यक्ष पनि हुनुहुन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार