देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मध्यभोटेकोसीका सीईओलाई २ करोड घुस ‘प्रस्ताव’ गरेको अडियो सार्वजनिक

0

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी अन्तर्गत सिन्धुपाल्चोकमा बनिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम अहिले ठप्पजस्तै छ । यही बेला आयोजनाको ठेकेदार पक्षले र व्यवस्थपन पक्षलाई घुस दिन प्रस्ताव गरेको सम्वादको अडियो सार्वजनिक भएको छ ।

ठेकदार चीनको ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीका दोभाषे गोबिन्द पौडेलले आयोजनाको गुणस्तर घटाउन सहमत भए २ करोड घुस दिन कम्पनी तयार रहेको भन्दै मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिकुमार काफ्लेलाई प्रस्ताव गरेको टेलिफोन अडियो बाहिरिएको हो ।

तर, सो टेपमा काफ्लेले त्यसबारे प्रतिक्रिया जनाएका छैनन् । केही दिनअघि नै स्थानीयले यो टेप सार्वजनिक गरेका थिए । यसबारे अख्तियार दुरुपयोग अनसन्धान आयोजनमा स्थानीय सरोकार समितिले पनि उजुरी दिएको छ ।

काफ्ले यसअघि प्राधिकरणकै कर्मचारीका रुपमा कम्पनीमा गएपनि पछि प्राधिकरणले आयोजना हेर्ने गरी उनलाई सीईओ नियुक्त गरेको थियो । उनले अडियो टेप बाहिरिएपछि सीईओ पदबाट राजीनामा पनि दिइसकेका छन् ।

चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष मिश्र आयोजना समस्यामा रुमल्लिएकाले त्यसलाई निकास दिने गरी प्रयास सुरु गरेको दावी गर्छन् । अडियो प्रकरणपछि मध्यभोटेकोसी हाइड्रोपावर कम्पनीकाको सञ्चालक समेत रहेका मिश्रलाई नै आयोजना हेर्ने जिम्मा दिइएको छ ।

यो आयोजनाको मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले आयोजनामा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । यही क्रममा अहिले आयोजनामा भ्रष्टाचारको प्रकरण बाहिरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार