देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मध्यरातमा ओलीलाई नेपालको अन्तिम पत्र : २०७५ जेठ २ मा फर्किनुस् नत्र आजै राजीनामा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – एमाले नेता माधव नेपालले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग छ बुँदे अन्तिम पत्र पठाएका छन्।
विभाजन रोक्‍न अन्तिक कसरत चलिरहेका बेला आइतबार राति नेपालले ओलीलाई यस्तो पत्र पठाएका हुन्।

यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को फैसालाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका छन्। पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्र विश्‍वासको मत दिन तयार हुने सन्देश उनले दिएका छन्। अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीको वक्तवय लगत्तै नेपालले यस्तो पत्र पठाएका हुन्।

ओलीले विश्‍वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। सर्त पुरा नभए अधिवेशनअघि नै राजीनामा दिने तयार भएर बसेका छन् माधव पक्षीय सांसदहरू। उनीहरूले राजीनामा दिए ओली विश्‍वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।

सर्वोच्च फैसलापछि ओलीले बालुवाटारमा बैठक डाकेर एकपक्षीय रुपमा गरेका सबै निर्णयहरू खारेज हुनुपर्ने, गतिविधि अमान्य हुनुपर्ने सर्त राखेका छन्। ओलीले केन्द्रीय कमिटि विघटन गरेर नेपाललगायतका नेताहरूलाई जिम्मेबारीबाट हटाउँदै कारबाही गरेका थिए। माधव नेपाललगायतका ३० जना सांसदहरूलाई स्पष्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्। यी सबै निर्णय र कदम खारेज हुनुपर्ने सर्त माधवले राखेका छन्।

सर्त पुरा नभए नेपाल पक्षका सांसदहरूले सोमबार बिहान नै राजीनामा दिने तयारी गरेका छन्। नयाँ पार्टी दर्ताको तयारी पनि लगभग भइसकेको छ।
ओली पक्षको शनिबार बेलुका बसेको बैठकले ओलीसँग मिलेर जाने अवस्था नरहेको निश्कर्ष निकाल्दै कारबाही भोग्‍नुको सट्टा राजीनामाको  विकल्प रोज्‍ने निर्णय गरेको थियो। यसबीचमा ओली पक्षसँग भएका सबै वार्ता र छलफल असफल भएपछि राजीनामा लागि आइतबार अपरान्ह माधव पक्ष संसद् भवन पुगेको थियो।

राजीनामा लागि संसद् भवन पुगेको माधव पक्षसँग आइतबार अपरान्ह सिंहदरबारमा अन्तिम वार्ता भएको थियो।वार्ताका लागि ओलीले अर्थमन्‍त्री विष्णु पौडेल र उपनेता सुवास नेम्वाङलाई पठाएका थिए। त्यहाँ भएको छोटो वार्ता खासै सकारात्मक भएन। पार्टी एकताका लागि सोमबार बिहानसम्म पर्खिने भन्दै राजीनामा दिन गएको माधव पक्ष संसद भवनबाट फर्किएको थियो। त्यस लगत्तै प्रधानमन्‍त्री तथा अध्यक्ष ओलीले कसैलाई काखापाखा नगरिने र पक्षपात नगरिने भन्दै वक्तव्य निकालेका थिए। तर घुमाउरो रुपमा विभाजनमा लाग्‍नेहरूलाई अपराधीको संज्ञा दिदै यस्तो अपराधलाई इतिहासले माफ नगर्ने चेतावनी दिएका थिए। तर माधव पक्षले माग गरेजस्तो २०७५ जे७ २ को अवस्थामा फर्किने संकेत तथा फागुन २३ पछिका निर्णय र कदम सच्चाउने प्रतिवद्धता वक्तव्यमा छैन।

ओलीको वक्तव्यपछि माधव पक्षले आन्तरिक छलफल गरेर अझै पनि ओली समूह जालझेल गरेर आफूहरूलाई फसाउने रणनीतिमा रहेको निश्कर्ष निकालेको थियो। ओलीबाट २०७५ जे७ २ को अवस्थामा फर्किने स्पस्ट रुपमा लिखित प्रतिवद्धता नभएसम्म ब्याक नहुने भन्दै राजीनामाका लागि तयार भएर बस्‍न आफू पक्षीय सांसदहरूलाई नेपालले निर्देशन दिएका छन्।

स्रोतका अनुसार कांग्रेस र माओवादीसँग सत्ता साझेदारीको नेपाल पक्षको फाइनल डिल भइसकेकोले अब ब्याक हुने संभावना निकै कम रहेको छ। त्यो संकेत आइतबार बेलुकाकाो ब्रिफिङमा माधवले दिएका थिए। अन्नपुर्ण पोष्ट बाट । 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार