देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मध्यविन्दुका प्रधानसम्पादक आचार्य सम्मानित

0

मध्यविन्दु/काठमाडौँ– मध्यविन्दुका प्रधानसम्पादक सुदर्शन आचार्य सम्मानित भएका छन् । प्रेस काउन्सीलको पुर्व बोर्ड सदस्य समेत रहेका आचार्यलाई बुधबार नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले सम्मान गरेको हो ।

बुधबार सदरमुकाम चौतारामा भएको अधिवेशन कार्यक्रममा सिन्धु युनियन पत्रकारिता सम्मान २०७६ बाट आचार्यलाई सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष दुर्गा आचार्यले बताइन् । जिल्लाकै अग्रह पत्रकार भएको र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा पुर्याएको योगदानलाई कदर गर्दै युनियनले आचार्य सहित कान्तीपुर राष्ट्रिय दैनिकका उप–सम्पादक ऋषिराम पौडेललाई पनि सम्मान गरेको छ ।

सानै उमेरदेखि पत्रिकारिता सुरु गरेका आचार्य रेडियो नेपाल, कान्तिपुर हुँदै प्रेस काउन्सीलको बोर्ड सदस्य समेत बनिसकेका छन् । हाल उनी मध्यविन्दु अनलाइनको प्रधानसम्पादक रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार