देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मनसुन पुनः सक्रिय, आइतबारदेखि ठूलो पानी पर्ने

0

काठमाडौं – शनिबारबाट मनसुन फेरि सक्रिय भएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

महाशाखाका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ । अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्न रोकिए पनि पूर्ण रुपमा भने मौसम नखुल्ने महाशाखाले जनाएको छ । आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर सामान्य देखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले भोलिदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार