देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मनाङ आहा रारा गोल्ड कपको फाइनलमा

0

(पोखरा)  – मनाङ मर्स्याङदी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङले उपाधि यात्रा तय गरेको हो । उपाधिका लागि मनाङले विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार भएको खेलमा मनाङले आर्मीलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । मनाङका लागि खेलको चौंथो मिनेटमा विदेशी खेलाडी फ्लोरेन्टले गोल गरे । खेलको २९ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । आर्मीका लागि कप्तान भरत खवासले ४२ औं मिनेटमा गोल गर्दै अन्तर घटाए ।

खेलको ८१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै ३–१ ले फराकिलो अन्तर बनायो । ८३ औं मिनेटमा आर्मीका दीपकुमार लामाले एक गोल फर्काए पनि जितको लागि पर्याप्त बनेन् । मनाङका फ्लोरेन्ट म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले साविक विजेता थ्रीस्टारलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनल शनिबार हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार