देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रालयको बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको रुवाबासी

0

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँसुले टिलपिल भएको थियो ।

उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गर्दैछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार