देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद अधिवेशन स्थगित गर्ने सोचमा प्रधानमन्त्री

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीले शनिवार साँझ ५ बजे मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् । राजनीतिक घटना परिघटना छिनछिनमा परिवर्तन भइरहेको बेला ओलीले मन्त्रिपरिषद बैठक बोलाएपछि अनेक अड्कलबाजी सुरु भएका छन् ।

नियमित मन्त्रिपरिषदको भने बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले मन्त्रीहरु समेत अन्योलमा परेका छन् । एक मन्त्रीले साँझ मन्त्रिपरिषद बैठक बोलाएको तर उनले बैठकका एजेण्डा पनि नखुलाइएको बताए ।

सोमबार प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले एकातर्फ पार्टीभित्रका माधव नेपाल पक्षसँग वार्ता गरी उनीहरुलाई अल्मल्याउने र आफूबिरुद्धको अविश्वास प्रस्ताव दर्ता नहुन नदिने खेल खेलिरहेका छन् । उनी माधव नेपालहरुले राखेको एजेन्डामा सहमत हुन तयार नभएपनि वार्ताको वहानामा अल्मल्याउन खोजिरहेका छन् ।

माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएको सुइको पाएपछि ओली संसद २७ गतेको संसद अधिवेशन नै स्थगित गर्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको र २२ सांसद संक्रमित भएको बहाना बनाउँदै उनले संसद अधिवेशन स्थगित गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाएको स्रोतको दाबी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार