देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद्को बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

संघीय संसद्मा शनिबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।

यस्तै, आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार