देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि सुनुवाइ आज हुने

0

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले सुुनुवाइ गर्दैछ ।

आजको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी हुने नहुने एकीन हुनेछ । यदि अन्तरिम आदेश जारी भएमा ओलीको मन्त्रिपरिषदमा दुई चरणमा थपिएका मन्त्रीहरुको नियुक्ति रद्ध हुनेछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने जिकिर रिट निवेदनमा गरिएको छ ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार