देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय सार्वजनिक

0

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकार सम्मेलन मार्फत मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका थिए ।

यसैगरी गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा डा. प्रकाश राज रेग्मी र डा. नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार