देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद् बैठक बस्दै, चर्चामा स्थानीय तह निर्वाचन

0

काठमाडौं – मन्त्रिपरिषदको बैठक बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले जनाकारी दिए।

उनका अनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेपनि अहिलेसम्म समयको बारेमा जानकारी आइसकेको छैन्।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ। गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार