देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्।

उनले आज थपेका नयाँ मन्त्री तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (ऊर्जा), प्रभु साह (शहरी विकास), हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), मणि थापा (खानेपानी तथा सरसफाई), दाबा लामा (युवा तथा खेलकूद), गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), प्रेम आले (वन तथा वातावरण), कृष्णगोपाल श्रेष्ठ (शिक्षा) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) शिवमाया तुम्बाहाङफे (भूमि सुधार), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) र विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) छन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई हटाएका छन्।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्।

सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेकाे मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार