देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय टुक्र्याउने तयारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डौं – प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । प्रायः अपराह्नमा बस्ने क्याबिनेट बैठक आज विहीबार भने अहिले विहानै १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

आइतबारको जस्तै हिजो राति मन्त्रीहरुलाई मन्त्रिपरिषद्को सचिवालयले आजको बैठकबारे खबर गरेको थियो । तर, बैठकका एजेण्डा के–के छन् भन्नेबारे कोही मन्त्री पनि जानकार छैनन् । बालुवाटारस्रोतका अनुसार आइतबारकै बैठकमा विभिन्न मन्त्रालय टुक्र्याउनका लागि तयार पारिएको प्रस्ताव आजको बैठकले पारित गर्दैछ ।

मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावली संशोधन गरी मन्त्रालय टुक्र्याउनेबारेमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएको दावी बालुवाटारस्रोतको छ । टुक्रिने मन्त्रालयमा जलस्रोत, भूमि व्यवस्था, गरिवी निवारण तथा सहरी, भौतिक पूर्वाधार तथा यातायातसहितका छन् ।

अब उर्जा मन्त्रालय अलग्गै हुने, त्यसबाट फुटेर सिंचाई तथा नदी व्यवस्थापन अलग मन्त्रालयका रुपमा रहने भएको छ । भूमि व्यवस्थाबाट गरिवी निवारण र सहकारी मन्त्रालयलाई अलग पारिने प्रस्ताव छ । भौतिक पूर्वाधारलाई अलग्गै मन्त्रालय बनाई यातायात मन्त्रालय छुट्टयाइँदैछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार