देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रीपरिषद्को बैठकमा हिंडेका मन्त्री बालुवाटार गेटबाटै फिर्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका मन्त्रिलाई प्रधानमन्त्री कार्यालयको गेटबाट फर्काइएको छ ।

बैठक शुरु हुनुअघि  एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको छ ।

सो लगत्तै करिब ६ दिन अघि शुरुमा परीक्षण गर्दा पोजेटिभ र त्यसको लगत्तै केही बेरपछि परीक्षण गर्दा नेगेटिभ आएपछि मन्त्रालय आउन थाल्नुभएका मन्त्री पौडेललाई शुक्रवार पोजेटिभ देखिएको छ ।

मन्त्री पौडेल शुक्रवार मेडिकल कलेजको शुल्क विवादको विषयमा बैठक बसे लगत्तै मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार