देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रीपरिषद बैठक बस्दै, लकडाउन एकहप्ता लम्बिन सक्ने

0

(काठमाडौँ) – मुलुकमा जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्‍को बैठक आइतबार (आज)दिउसो २ बजे बस्ने भएको छ । सरकारले  जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ ।

आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो । शुक्रबार गठित समिति अन्तर्गत मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको लकडाउन लाई निरन्तरता दिंदै समितिले आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ।

संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल सुरु भएको छ । तर, उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ। लकडाउनबारे अन्तिम निर्णय आजको मन्त्रीपरिषद बैठकले गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार