देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रीहरू साथमै राखेर सचिवसँग प्रधानमन्त्रीको छलफल

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा सचिवहरूसँग छलफल गरेका हुन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले सचिवहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सो क्रममा सचिवहरूले मन्त्रालयबाट भएगरेका काम र बाधाअप्ठ्याराका बारेमा प्रधामन्त्री समक्ष रिपोर्टिङ गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार