देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्री अर्याल चढेको विमान आपतकालीन अवतरण

0

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल सवार यती एअरलाइन्सको विमान आपतकालीन अवतरण गरिएको छ । मन्त्री अर्याल चढेको विमानमा चरा ठोक्किएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

उक्त विमान आज विहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको थियो । केहीबेर विमानस्थलमै रोकिएकी मन्त्री अर्याल अर्को विमानमा पोखरा गएकी छन् । अवतरण गरिएको विमानका सबै यात्रु सुरक्षित रहेका जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार