देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्री आलेको ठाडो आदेशमा सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट बनाउन जग्गा उपलब्ध

0

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय भएको छ।

काठमाडौंमा पशुपति धर्मशालादेखि नारायणहिटी संग्रहालयसम्मका प्रकरणलाई जोडेर संस्कृतिक धरोहर बचाउने भन्दै हिँडेका मन्त्री आले आफैले अपारदर्शी रुपले लुम्बिनीमा एउटा कम्पनीलाई छिराउन खोजेका छन्।

लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई ुग्राउन्ड क्याम्पियनिङु को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको हो।

मंसिर ११ गते बसेको कोषको बैठकले संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य यसअघि भिजिट नेपाल कार्यक्रमका संयोजक थिए।

विश्वसम्पदा सूचीमा योजना विपरीत रिसोर्ट बनाउने कुरामात्र होइन यो सबै काम अपारदर्शी पनि छ। प्रक्रियामा कतै पनि प्रतिस्पर्धा गराइएको छैन। कम्पनीको नामै किटेर विस्तृत विवरण माग्ने निर्णय भएको कोषका सदस्य सचिव सानुराजा शाक्यसमेत स्वीकार्छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार