देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्री बन्न नपाएपछि माओवादी सांसद विष्टले भने- ‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ’

0

काठमाडौं – प्रदेश सरकार गठन सँगै मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल माओवादी र एमाले दुबैमा विवाद उत्पन्न भएको छ ।

एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने माओवादीभित्रको विवाद पनि सतहमा आएको छ ।

मन्त्रीका लागि चर्चामा रहेका माओवादी सांसद विन्दमान विष्टले पूर्व मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता राजकुमार शर्माले एकलौटेी गरेको आरोप लगाउँदै शर्मालाई ‘श्री ३ शर्मा महाराज’को संज्ञा दिएका छन् । 

उनले भनेका छन्, ‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ हो साथी हो ।’  विष्टलाई यसअघिनै मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । तर त्यो बेला उनले नेता मान्दै आएका शक्ति बहादुर बस्नेतले सहयोग नगरको भन्दै बस्नेतबाट असन्तुष्ट बनेका विष्टलाई यसपटक शर्माले धोका दिएका छन् । 

तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वको सरकारमा अर्थमन्त्री भइसकेका विष्ट यो पटक पनि अर्थ पाउनेमा विश्वस्त थिए । सबै हिसाबले विष्ट अर्थका लागि तयार नै भएको तर, दल नेता शर्माले आफ्नो जिल्ला रुकुम पश्चिमका सांसद महेन्द्र केसीलाई अर्थ मन्त्री बनाइदिए । केसीले मंगलबार शपथ पनि लिइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार