देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मन परे पनि, नपरे पनि भोटचाहिँ कांग्रेसलाई दिनुस्’ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउन कांग्रेसलाई भोट दिनुपर्ने बताएका छन्।

शुक्रबार  रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै महामन्त्री थापाले वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताएका छन्।

महामन्त्री थापाले अबको ५ वर्षसम्म कांग्रेस नेपाली जनताको साथै रहन चाहेको  बताए। गत निर्वाचनमा स्थायी सरकारकोलागी नेकपा एमालेलाई पुर्ण बहुमत दिएपनी नेपाली जनताले अपेक्षा गरे अनुसारको कुनै काम नगरी हावादारी कुरा गरेर समय बिताएको बताए ।

जितेर पाँच वर्षसम्म के-के काम गर्‍यौं भनेर मतदाताले हिसाब किताब माग्ने हुदा मतदातासँग नेता डराउनुपर्ने उनको तर्क थियो। ‘कांग्रेसले जितेर जिम्मेवारी पूरा गर्‍यो भने फेरि मत माग्न आउँला गर्न सकेनौं भने अर्को चुनावमा मत माग्न आउँदैनौं,’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार