देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु’ – रबिन्द्र मिश्र

0

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने चर्चा चल्न थालेको छ। यसबारे उनले बिहीबार बिहानै फेसबुकमार्फत अब के गर्ने भन्ने बिषयमा स्पष्ट पारेका छन् ।

स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका थिए ।

‘मेरो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन,उनले लेखेका छन् ।

यसका साथै उनले अब कविता, किताब र सिनेमा समेत खेल्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । ‘साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला!’ उनले भनेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार