देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ममाथि छानबिन गर्ने भए अरु काण्डमा पनि समिति बनाउन तयार हो ? – लामिछाने

0

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अरु काण्डमा छानबिन हुने भए आफू पनि सहकारी प्रकरणमा छानबिनका लागि परीक्षा दिन तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचलनको आरोपबारे प्रस्टीकरण दिँदै उनले टीकापुर काण्ड, ललितानिवास, बालमन्दिर, घडी चोरी, टेरामक्स, वाइड बडीलगायतका काण्डमा पनि छानबिन गर्न तयार हो भने आफू पनि छानबिनका लागि तयार हुने बताए।

उनले २०५५ सालामा स्ववियु सभापति हुँदा पार्क निर्माण गर्दा रकम लिएर नबनाएको, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको ५ लाख लिएर वेवसाइट नबनाएको, नुवाकोटमा बाख्रा फारम र काठमाडौमा मासु पसल खोल्ने भनिए पनि त्यो समाचार फ्याक्ट चेक गरेर राखिए पनि वेवसाइटबाट हटाइएको बताए।

बीपी स्वास्थ्य पतिष्ठानमा १४ करोड लिएर राजकुमार रौनियारलाई उपकुलपति बनाएको बताए। सांसदहरूले नै रातो पासपोर्ट दुरुपयोग गरेको उनको आरोप थियो।

तल्लो तहका कर्मचारीको १६ वर्षमा अवकाश लिने व्यवस्था मिलाउने उनले बताए। उनले आफू टेलिभिजनमा हुँदा सबैको तारो बनेको र अहिले पनि बनिरहेको बताए।

लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर लिएको बताएका छन्। ‘स्वेट सेयरको रुपमा काम गरे। काम छोड्दा छाडेर गए,’ उनले भने, ‘न म सदस्यको सहकारी न व्यस्थापनको मान्छे।’

उनले जीबी राईले गरेको फोहोर आफूले उठाउनुपर्छ भन्ने नरहेको बताएका छन्। उनले पोखराले सुप्रिम सहकारीबारे गरेको छानबिनमा पनि भ्रम सिर्जना गरिएको बताएका छन्। उनले आफू एमडी हुँदा सहकारीबाट ऋण लिन गोरखा मिडियाले कुनै निर्णय नगरेको बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार