देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मलाई नजिस्क्याउनुस् है नत्र म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ – देउवा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर आफू फेरि सभापति हुने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले आफूलाई पेल्ने र जिस्क्याउने गरिराखे विधान संशोधन गरेर तेस्रो पटक सभापति हुने चेतावनी दिएका हुन् ।

केन्द्रीय समिति बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा रिसाएका थिए।

ति नेताका अनुसार प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापती देउवाले भने ‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ ।

देउवाले भने, ‘फेरि सभापति हुन मलाई रहर छैन तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु।’

देउवाले अगाडी भने, ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार