देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महन्थ ठाकुरले मागे चार मन्त्रालय प्रधानमन्त्री दुईवटा दिन तयार

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने गरी उनीहरुसँग निरन्तर सम्वादसमेत भइरहेको बालुवाटार स्रोत बताउँछ ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भएको भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेका छन्। ‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो।

प्रधानमन्त्री देउवा भने लोसपालाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने मनस्थितीमा रहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा. सुरेन्द्र झाले भने ‘हो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ। अध्यक्षजीले प्रधानमन्त्रीजीसँग नागरिकता विधेयक, राजबन्दी रिहाई, नेता-कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्तालगायत सर्तअरु अगाडि सार्नुभएको छ,’।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार