देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महाकुलुङ गाउँपालिकाको पक्षमा अदालत, चक्रपथ निर्माणविरुद्ध परेको मुद्दा खारेज

0

मध्यविन्दु/काठमाडौँ– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको गौरबको आयोजना अन्तर्गत महाकुलुङ चक्रपथ निर्माणका क्रममा अनधिकृत रुपमा भोगचलनको घरबास र जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले दिएको रिट निवेदन खारेजी भएको छ । महाकुलुङ चक्रपथ निर्माण गर्ने क्रममा स्थानीय केही जग्गाधनीहरूले उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा २०७६ श्रावण ३१ गते “अन्तरिम आदेश सहितको उत्प्रेशणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश” जारी गरिपाउँ भनी दिएको रिट निवेदन दिएका थिए । सोहि रिट उपर आज (बुधबार) उच्च अदालत बिराटनगर अस्थायी इजालस ओखलढुंगामा कार्यरत न्यायधिसद्धय गणेश प्रसाद वराल र किरण कुमार पोख्रेलको संयुक्त इजालसबाट उक्त रिट खारेजिको निर्णय भएको हो ।

उक्त खारेजीको निर्णयले विकासको बाधक र भ्रमलाई चिर्दै समग्र बिकासको पक्षमा न्यायलय कोशेढुंगा सावित बन्न पुगेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले बताए । उनले भने, ‘यसका लागि मुल्यवान सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं, साथैं महाकुलुङको समृद्ध, विकास, न्यायपुर्ण समाज र परिकल्पना सार्थक हुने कुरामा विस्वास्त छौं, र यो अभियानमा सबै एक भएर अघि बढ्न समेत अपिल गर्दछौं ।’

महाकुलुङ गाउँपालिकाको कार्यलय, गाउँपालिका अध्यक्ष, ३ नं.वडा कार्यालय, ३ नं. वडा अध्यक्ष, २ वटा उपभोक्ता समितिका सम्पुर्ण टिमलाई समेत विपक्ष बनाई २०७४ साउन ३१ गते स्थानीय चतुरमान राई सहित १४ जनाले उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा हकभोग स्वामित्वको जग्गा तथा घरबासको जग्गा अनधिकृत रुपमा अतिक्रमण गरेको भन्दै रिट दायर गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार