देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महाधिवेशनसम्म अध्यक्ष, चुनावअघि प्रधानमन्त्री छाड्दिनँ – ओली

0

काठमाडौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने बताएका हुन् ।

“तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयका एक नेताले भने, “महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन त्यसैले म यी दुवै पद छाड्दिनँ ।”

उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए । “स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ ? केका लागि बैठक चाहिएको हो ।”ओलीको भनाइ उद्धृत गदै ती सदस्यले भने ।

नेकपा सचिवालयको अर्को बैठक आइतबार एक बजे बस्नेगरी स्थगित भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार