देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महामन्त्री कोइराला र नेता सिंहबीच छलफल

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा शनिबार भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो।

केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए। महामन्त्री कोइरालाको यो विवादास्पद अभिव्यक्तीपछी उनिहरुबिच केहि तिक्तता बढेको थियो ।

त्यहि तिक्कता कमगर्न महामन्त्री कोइराला र नेता सिंहबिच भेट भएको बताइएको हो । महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए।

महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन्। कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार