देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महामारी सँगै मरेको मानवीय समवेदना !

0

भवनाथ आचार्य 

बिश्व अहिले कोरोना भाइरसको संक्रमणको खतरामा छ । करिब पाँच महिना चिनको वुहान प्रान्तबाट सुरुवात भएको यो भाइरस अहिले बिश्वब्यापी महामारीको रूपमा फैलिएको अवस्था छ । अहिलेसम्म बिश्वमा ४६ लाख २६ हजार ६ सय ३८ जना कोरोना भाइरस संक्रमित छन् भने ३ लाख ८हजार ६ सय ११ जनाको मृत्यु भएको समाचार छ ।

पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको संक्रमण फ़ैलिने क्रम तिव्र बनेको छ । यो समाचार तयार पार्दा सम्म नेपालमा कुल ९२ हजार ४ सय ४० जना को परिक्षण गरिएकोमा संक्रमितको संख्या २९८ पुगेको छ भने ३६ जना उपचार पछी घर फर्केका छन् ।

यसै क्रममा गत बिहीबार धुलिखेल अस्पताल सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ९ राम्चे कि २९ बर्सिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको ढिलोगरी स्वास्थ मन्त्रालयले पुष्टि गरेको अवस्था छ । मृतक १० दिनकी सुत्केरी भएको जनाइएको छ । नवजात शिशु, मृतकको श्रीमान सहित सम्बन्धित परिवारका सदस्य लाई अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

मृत्यु आफैंमा शाश्वत तर दु:खद घटना हो । नेपालमा कोरोनाकै कारण मृत्यु हुने पहिलो पात्र भएरै होला सायद यो मृत्युको चर्चा परिचर्चा अलि बढिनै चलेको पाइयो । सूचनाका लागि उछिन्नु त ब्यक्ति, सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको कर्तव्य भित्र पर्ला तथापि अलिकति पनि मानवीय समवेदनाको समेत ख्याल नगरी उछिनपाछिन गर्नु त पक्कै पनि स्वाभाविक बिषय मान्न सकिंदैन ।

यहि घटनालाई नजिक बाट हेर्दा केहि सञ्चारमाध्यम हरुले प्रमाण सहित समाचार सम्प्रेषण गर्दा समेत राज्यको आधिकारिक निकाय छलछाममै लागेको देखिन्थ्यो । तर छिटो समाचार दिने नाममा आधारहीन समाचार हरु बाहिर नआएका भने पक्कै होइनन् ।

यसैक्रममा सामाजिक संजालमा मृतक महिलाको नाबालक सहितको कारुणिक तस्बिर तथा नाम ठेगाना समेत राखी सार्वजनिक गर्ने काममा आम सर्वसाधारणका अलावा स्थानीय जनप्रतिनिधि तथा राज्यका जिम्मेवार माननीय ज्युहरुनै अग्रपंक्तिमा देखिनु गम्भीर बिषय हो । प्रचलित कानुनको खिल्ली उडाउनेगरी सार्वजनिक रुपमै मैदानमा उत्रनु एउटा जिम्मेवार नागरिकको कर्तव्य भन्दा बाहिरको बिषय हो ।

मृत्यु पछिको पीडामा सहयोग,सद्भाव,सहानुभूति त कता को कता महामारीको बाढीले बगाएको पीडाले आहत हुँदाहुँदै स्वयं बाढिमा हेलिन बाध्य मृतकको परिवारमा यस्ता हर्कतले के सन्देश दिन्छ सोचनिय बिषय छ । आम सर्वसाधारणमा सचेत नागरिकको हैसियतले अभिभावकिय भुमिका निभाउनु पर्ने पात्रहरू नै सामान्य सामाजिक सद्भाव तथा मानवीय समवेदना समेत ख्याल नगरी यो तहसम्म प्रस्तुत हुनुले भोलिका दिनमा जनभरोसा टुट्नु को अलावा सामाजिक राजनीतिक यात्रा निकै महङ्गो पर्ने निश्चित छ ।

लाखौं नेपाली यो महामारीमा जीवन मरणको दोसाँधमा मुलुक बाहिर छन् । तिनीहरुलाई उचित प्रबन्ध मिलाएर सम्बन्धीत मुलुकका उच्च तहमा आवस्यक प्रक्रियाका लागि पहलकदमी लिनु नेतृत्वको दायित्व होईन ? भारतीय नाकामा अलपत्र हजारौं नेपालीको उद्दार गर्नु राज्यको कर्तव्य भित्र पर्ने बिषय होईन ? आम नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी लिनेे राज्यले होइन । परदेशमा पसिना बगाएर पठाएको पैसाको आधारमा नेपालको बजेट बनाउने सरकार ती नागरिकलाई जिवित राख्ने बिषयमा गम्भीर नहुनु आपत्तिजनक छ ।

जरुरी सार्वजनिक महत्वका विषयमा आकर्षित हुनुपर्ने सरकारको ध्यान राजनीतिक छलछाम, रकमको खेलोमेलो, सत्ताको दाउपेच आदिमा केन्द्रित हुनु आफैंमा दु:खद बिषय हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार