देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महाराजगञ्जमा स्कूटर दुर्घटना हुँदा एकको मृत्यु

0

काठमाडौं – महाराजगञ्जमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कूटर दुर्घटनामा परी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-२ चपलीका ४५ वर्षीय सन्दीप गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले चलाएको प्रदेश ३–०२०१४ प ९७९८ नम्बरको स्कूटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा सोमबार साँझ ठोक्किँदा उनी घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाजञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार