देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महाराजधिराजबाट माफीको हुकुम आयो, हामी गदगद भयौं, नाच्नु पर्ने भयो- माधव नेपाल

0

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिएका छन्।

नेता नेपालले अध्यक्ष ओलीले आममाफी दिएकोमा खुसी भएको भन्दै व्यंग्य गरेका छन्। ओलीलाई श्री ५ महाराजाधिराज भन्दै नेपालले व्यंग्य गरेका हुन्।

उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट आदेश आयो, माधवकुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिइन्छ । एम्नेष्टी इज ग्रान्टेड । हामी गदगद भयौं । के त्यही हो कम्युनिष्ट आदर्श ? मैले गल्ति गरे, अब स्पष्टिकरण फिर्ता लिन्छु भनेको भए के हुन्थ्यो ?’

नेता नेपालले प्रश्न सोधे, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’

‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । हामीले बडो जायज काम गरेका छौं ।’ नेपालले भने, ‘मसँगै जोडिएका २३ जना सांसदलाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन। उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार