देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, कुन प्रदेशमा कति बेरुजू ?

0

काठमाडौं – महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार ७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजू मधेस प्रदेशमा देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण रकम र बेरुजू प्रतिशतमा पनि मधेस प्रदेश पहिलो नम्बरमा परेको हो । 

महालेखा परीक्षकको कार्यालयका अनुसार मधेसमा कूल बेरुजू रकम १ अर्ब ८५ करोड ४२ लाख अर्थात् जम्मा बजेटको ३.८७ प्रतिशत बेरुजू देखिएको हो । यस्तै कोशी प्रदेशमा १ अर्ब ३१ करोड ७६ लाख अर्थात कूल बजेटको २.५० प्रतिशत रहेको छ । 

सुदूरपश्चिम प्रदेशको भने सबैभन्दा कम ३७ करोड ६४ लाख अर्थात् ०.९५ प्रतिशत बेरुजू देखिएको छ । यस्तै बाग्मती प्रदेशमा ९६ करोड ४९ लाख, गण्डकी प्रदेशमा ८० करोड १७ लाख, लुम्बिनी प्रदेशमा १ अर्ब १२ करोड ६३ लाख र कर्णाली प्रदेशमा ९६ करोड ७८ लाख गरी सबै प्रदेशमा कूल बेरुजू रकम ७ अर्ब ४० करोड ८९ लाख अर्थात् जम्मा बजेटको १.६६ प्रतिशत पुगेको छ । 

यस्तै स्थानीय तहको ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाखको लेखा परीक्षण गर्दा ३० अर्ब ८३ करोड ५३ लाख बेरुजू कायम रहेको जनाएको छ । सोमध्ये असुल गर्नुपर्ने ४ अर्ब ९ करोड १८ लाख रहेको र नियमित गर्नुपर्ने २३ अर्ब ९२ करोड ८८ लाख र म्याद नाघेको पेस्की रकम २ अर्ब ८१ करोड ४८ लाख बाँकी रहेको महालेखाले जनाएको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार