देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महाशिवरात्रिपर्वमा मेलम्चीको पानीले नुहाउन पाइने, चक्रपथमा गाडी चल्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै महाशिवरात्रि दिन बागमती नदीमा सफा पानी बगाइने भएको छ। धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर परिसरमा धमाधम तयारी भइरहेको छ। यस वर्षको महाशिवरात्रिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मुल मन्दिर परिसरमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

पशुपतिनाथ मुल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान ४ बजेदेखि नै खोलिने छ। बिहान ४ बजेदेखि राति दर्शनार्थी नसकिएसम्म चारै ढोका खुला गरिने कोषले जनाएको छ। कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मुल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

यस्तै‚ महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने भएका छन्। तर, दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ।

फोटो साभार- महानगरिय ट्राफिक प्रहरि महाशाखा

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार