देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महासचिवमा मेरो दाबी छ – वर्षमान पुन

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी कायम रहेको बताएका छन्।

चीनमा उपचारपछि सोमबार साँझ स्वेदश फर्किएका पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका हुन्।

आफू यसअघि नै पार्टीको सचिव रहिसकेकाले महासचिवमा दाबी गर्नु स्वभाविक रहेको उनको भनाइ थियो।

आफूले उपचारका क्रममा चीनमा रहेकै बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित अरु नेताहरुसँग महासचिवमा दाबी प्रस्तुत गरेको पुनले बताए।

स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।

आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको पुनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार