देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा पक्राउ

0

काठमाडौं – महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्ती गैरीटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-११ बडगाउँ घर भएका विनय श्रेष्ठ भन्ने ३५ वर्षीय विनय माझी रहेका छन् ।

जोरपाटी नयाँ बस्ती बस्ने सिन्धुपाल्चोक कर्थली-३ घर भएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरेको अभियोगमा घटनाको डेढ वर्षपछि सोमबार प्रहरीले माझीलाई पक्राउ गरेको हो ।

ती महिलालाई २०७६ वैशाख ३० गतेदेखि कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित रमेश श्रेष्ठको टहरोमा बन्धक बनाई २०७६ जेठ ५ गते हत्या गरी फरार थिए ।

ती महिलाको हत्यापछि फरार रहेका विनय माझीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले हेटौंडा महानगरपालिका-१४ नयाँबस्तीबाट पक्राउ गरेको हो ।

साथै विनयले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत निकालेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

विनयलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार