देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महिला खुलातर्फको ९ जनामा १ जना बाहेक सबै देउवा पक्षका विजयी

0

काठमाडौं – नेपाली कांग्रेस महिला (खुला)तर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। केन्द्रीय सदस्य महिला खुला ९ पदमध्ये शेरबहादुर देउवा टिमका ८ उम्मेद्वार र एक जना शेखर कोइराला टिमबाट निर्वाचित भएका छन्।

सबैभन्दा बढी मत पाएर डा डिला संग्रौला निर्वाचित भएकी छिन्। संग्रौलाको २८८५ मत आएको छ। निर्वाचन समितिका अनुसार दोस्रो स्थानमा पुष्पा भुसालले २७१८ मत पाएकी छिन्।

यस्तै, आरजु राणा देउवा, अम्विका बस्नेत, ईश्वरी न्यौपाने क्रमशः तेस्रो, चौँथो र पाँचौँ स्थानमा छन्।

त्यसैगरी, सरिता प्रसाई, रमा कोइराला पौडेल, शुशिला ढकाल आचार्य र रंगमति शाही पनि निर्वाचित भएका छन्। प्रसाई कोइराला टिमकी उम्मेद्वार हुन् भने अन्य देउवा टिमका हुन्।

केन्द्रीय सदस्य महिला खुला ९ पदको लागि ३१ जना प्रतिस्पर्धामा थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार