देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

0

काठमाडौं – भारतीय सीमा नाकासँग जोडिएको महोत्तरीको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् ।

विभिन्न उमेर समूहका पाँच दर्जन भन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।

नीलगाईले आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबाली खाएर किसानहरुलाई क्षति पु¥याउन सक्ने उनको भनाइ छ । दर्जनाै‌ संख्यामा रहेका नीलगाई र तिनका बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेका छन् ।

मानिसलाई आफूतिर आएको देख्ना साथ नीलगाईहरु तीव्र गतिमा भाग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयवासीले वन क्षेत्रमा नीलगाई फेला परेको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका छन् ।

गर्मीयाम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा रहेका वन क्षेत्रका विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुहरु ज्यान जोगाउनका लागि तलतिर झर्न थालेका हुन् । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार