देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई

0

(इलाम) – मच्छिन्द्र क्लबले छैटौँ माईभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १-० गोलअन्तरले हराउँदै मच्छिन्दले उपाधिमाथि कब्जा जमाएको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरे ।

उपविजेता माईभ्यालीले ५ लाख रुपैयाँमा चिक्त बुझायो । वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मच्छिन्द्रलाई उपाधि जितेको हो । खेलको १२ औँ माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औँ मिनेटमा मच्छिन्द्रका रेजिङ सुब्बाको प्रहार आकाशियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए ।

प्रतियोगितमा डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ उत्कृष्ट बने । किपर आयोजकका देव लिम्बू मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका निया एन्डेस बने । उत्कृष्ट सबैले समान २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टोलीका शरण बस्नेत घोषित भए ।

उनले नगद एक लाख १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुबाल बने । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । शहिद स्मारक ए डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माईभ्याली सहित सिजनका तीन उपाधि जितेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार