देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीबाट उपनिर्वाचन लड्ने तयारीमा एलिजा गौतम

0

काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई उनले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले बताएकी छन् ।

झन्डै १ घण्टा भएको कुराकानीमा राजनीतिमा अघि बढ्न दाहालले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही गर्नुपर्‍यो ।’

गौतमले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफू कुनै एक ठुलो दलबाट उम्मेदवारी दिने तयारीमा रहेको पनि बताइन् । तपाई माओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा गौतमले अहिले तत्काल यो बारेमा निश्चित नभए पनि भविष्यमा सो कुरा सम्भव पनि हुनसक्ने उल्लेख बताइन् ।

यसअघि उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध रहेकी थिइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार