देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोल्यो

0

काठमाडौं – डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । यो विजय सँगै माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।

६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार