देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी अध्यक्ष ‘प्रचण्ड’ अस्पताल भर्ना

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अध्यक्ष दाहाललाई अस्पताल अस्पताल लगिएको हो ।

‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ,’ सचिवालयका एक सदस्यले भने ।

सरकारमा सहभागी भए लगत्तै अध्यक्ष प्रचण्ड राजनितिक कार्यक्रममा अलि बढिनै सकृय हुँदै आएका थिए । पछिल्लो समय एमालेको १० औं महाधिबेशन चितवनमा गर्ने तय भएसँगै प्रचण्डलाई राजनितिक चटारो थपिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार