देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

0

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गरेको हो ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् ।

उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्रिया र छलफल गर्ने कार्यक्रम छ । यसकासाथै भ्रमणको समयमा केही महत्वपुर्ण राजनितिक भेटघाट हुने उनले बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार